लुम्बिनी जनरल इन्स्योरेन्सको १५५ लाभांश घोषणा, बोनश र नगद कति ?
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को लाभांश प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर सहित ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को वित्तीय विवरण पारित गर्दै सो आर्थिक वर्षको मुनाफा मध्येबाट शेयरधनीलाई ११ करोड ४१ लाख ८० हजार रुपैयाँ बोनश र ५ करोड ७० लाख ९० हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । प्रस्तावित लाभांश बीमा समिति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।






















