सिद्धार्थ इन्स्योरेन्सको खुद नाफामा सुधार
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १३ करोड ६९ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यस इन्सुरेन्सले गत वर्षको तुलनामा ४९.५१% ले खुद नाफा वृद्धि गरेको हो गत वर्ष यसै अवधिमा सिद्धार्थले ९ करोड १६ लाख ४ हजार रुपैयाँ नाफा कमाएको थियो ।
सिद्धार्थ इन्स्योरेन्सले ५३ करोड ९६ लाख ५२ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । गत वर्ष यस इन्सुरेन्सले ४८ करोड ६ लाख ६६ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । सिद्धार्थ इन्स्योरेन्सको बिमा कोषको आकार पनि २४.५५% ले बढेर ९० करोड ८ लाख २७ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बिमा कोषमा ७२ करोड ३२ लाख ४२ हजार रुपैयाँ थियो ।
सिद्धार्थ इन्स्योरेन्सले पुस मसान्तसम्म ५१ करोड ८८ लाख १९ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दाबी रकम १ अर्ब ३१ करोड ९९ लाख १६ हजार रुपैयाँ छ ।
हाल सिद्धार्थ इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब रुपैयाँ र रिजर्भ कोषमा ३७ करोड ७२ लाख ९९ हजार रुपैयाँ छ । महाविपत्ति कोषमा १० करोड ३३ लाख २३ हजार रुपैयाँ छुट्याएको छ ।


























