citizens life insurance long ad
stcnepal long ad

प्राइम लाइफ इन्स्योरेन्सको नाफा २४.०९% ले बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा प्राइम लाइफ इन्सुरेन्सले १९ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिमा भन्दा २४.०९% ले धेरै हो । गत वर्ष यसैअवधिमा कम्पनीले १५ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो ।

पुस मसान्तसम्म आइपुग्दा यस कम्पनीले २ अर्ब ८० लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको तुलनामा २७% ले बढी हो । गत वर्ष कम्पनीले १ अर्ब ५८ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । यता, कम्पनीको जीवन बिमा कोष २९.२१% ले बढेर १३ अर्ब ९ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।

गत वर्ष यसको बिमा कोषमा ८ अर्ब ९० करोड ४१ लाख ४६ हजार रुपैयाँ थियो । हाल यसको चुक्ता पुँजी २ अर्ब ४१ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६१ करोड ७२ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ २ पैसा रहेको प्राइमको प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ६१ पैसा छ ।

IME Life
kumari