सूर्या लाइफ इन्स्योरेन्सको नगद लाभांश सेयरधनीको खातामा जम्मा
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले ५.५३%नगद लाभांश सेयरधनीको बैंक खातामा पठाइदिएको छ । कम्पनीले पुस १६ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिएको हो ।
त्यस्तै, सो मितिपछि बैंक खाता अद्यावधिक गर्नेहरुको हकमा पनि नगद जम्मा गर्ने तयारी भइरहेको कम्पनीको भनाई छ ।
यता, सूर्या लाइफ इन्स्योरेन्सले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । अपडेट गरेपछि नगद लाभांश पाइनेछ ।
इन्स्योरेन्सको माघ ५ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट ५% बोनस सेयर र ५.५३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।






















