citizens life insurance long ad
stcnepal long ad

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश पाउन माघ १३ गते अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको ५१% लाभांश सुरक्षित गर्ने मंगलबार माघ १३ गते  हो । यस आधारमा  अब २ दिन मात्र समय बाँकी रहेको छ ।

यसले माघ १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्नेछ । नेपाल लाइफले माघ २८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले ३१% बोनस सेयर र कर सहित २०% नगद गरी कुल ५१% लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ ।

यस्तै, सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ । यता, नेपाल लाइफले प्रबन्धपत्र र नियमावली संशोधन गरी कम्पनीको प्रतिसेयर मूल्य १०० रुपैयाँलाई परिवर्तन गरी (स्प्लीट) प्रतिसेयर मूल्य ५० रुपैयाँ कायम गर्ने प्रस्ताव पनि सभामा लैजाने भएको छ । प्रतिसेयर मूल्य परिवर्तन गर्ने प्रस्ताव सम्बन्धित निकायको स्वीकृतिपछि मात्र लागू हुनेछ ।

अर्थात् यसअघि कम्पनीले आइपीओ जारी गर्दा प्रतिकित्ता ९फेस भ्यालू० १०० रुपैयाँ कायम गरेकामा त्यसलाई घटाएर अब फेस भ्यालू प्रतिकित्ता ५० रुपैयाँ बराबर बनाउन लागिएको हो । यस प्रस्तावलाई साधाण सभाबाट पारित गरी नियामकबाट पनि अनुमति लिनुपर्ने हुन्छ ।

सेयर स्प्लीट गर्ने सम्बन्धमा भने स्पष्ट कानुनी प्रावधान केही अन्योलता रहेको देखिन्छ । साधारण सभा होटल भिष्वा, वीरगञ्जमा बिहान ९ बजे सुरु हुनेछ । माघ १३ गतेसम्म कायम रहने सेयरधनीले लाभांश पाउने छन् ।

IME Life
kumari