नेपाल इन्स्योरेन्स कम्पनीको लाभांश घोषणा
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले १०% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट ८% बोनस सेयर र कर प्रयोजन सहित २% नगद लाभांश दिने निर्णय गरेको हो ।
यसले कुल ९ करोड २० लाख २५ हजार ७९ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, २ करोड ३० लाख ६ हजार २७० रुपैयाँ नगदमा खर्च गर्नेछ ।
नियामक निकाय र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । गत वर्ष कम्पनीले ५% बोनस सेयर र २.८९% नगद लाभांश वितरण गरेको थियो । हाल नेपाल इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड ३ लाख १३ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि चुक्ता पुँजी १ अर्ब २४ करोड २३ लाख रुपैयाँ पुग्नेछ ।























