सिटिजन्स लाइफ इन्स्योरेन्सले फागुन २ गते तेस्रो वार्षिक साधारण सभा
काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सले फागुन २ गते तेस्रो वार्षिक साधारण सभा गर्ने भएको छ । इन्स्योरेन्सले आइपीओ जारी गर्ने मुख्य प्रस्ताव सभामा पेश गर्नेछ । सिटिजन्सको जारी पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।
यस्तै, चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ छ । कम्पनीले अब ७५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्नुपर्नेछ ।
साथै, आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा समेत रहेको छ । आर्थिक वर्ष २०७६/०७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ । सभा आम्रपाली ब्याङ्कवेट नक्सालमा दिउँसो ३ बजे सुरु हुनेछ ।























