stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आइएमई लाइफको ब्राण्ड एम्बासडरमा मनिषा कोइराला

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । आईएमई. लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बासडरमा देश तथा विदेशमा ख्याति प्राप्त नेपाली सेलिब्रेटी नायिका मनिषा कोइराला नियुक्त भएकी छिन् ।

यस सँगै अब कोइराला आई.एम.ई. लाइफ जीबन बीमाको ब्राण्ड दुतको भुमिकामा रहने छिन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल र नायिका मनिषा कोइरालाले हालै राजधानीमा आयोजित एक विशेष कार्यक्रमका वीच सम्झौतापत्रमा  हस्ताक्षर गर्नुभएको छ ।

अग्रणी एवं जीवन्त सेलिब्रेटी कोइरालाले आई.एम.ई. लाइफको ब्राण्ड तथा यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्नेछिन । हस्ताक्षर कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै नायिका कोइरालाले मानब जगतमा जीवन बीमाको निक्कै ठूलो महत्व रहेको औंल्याउँदै नेपाली जनताहरुलाई आर्थिक सुरक्षा प्रदान गरि देशैभरि छरिएर रहेको पुँजिलाई एकिकृत गरि राष्ट्र निर्माणमा टेवा पु¥याउने अवधारण बोकेको आईएमई लाइफसँग साझेदारी गर्न पाउँदा खुशि रहेको कुरा बताउनु भयो । साथै, कम्पनीको उत्तरोत्तर प्रगतिमा आफुले उत्कृष्ट भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कोइरालासँगको सहकार्य घोषणा गर्दै आईएमई लाइफका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले भन्नुभयो मनिषा कोइरालासँग सहकार्य गर्न पाउँदा हामी धेरै उत्साहित छौं । उहाँदृढ विश्वासी, क्षमतावान, प्रेरणाको स्रोत, भरोसायोग्य, अग्रणी, सरल, आत्मविश्वासले भरिएको तथा हरेक नेपालीका लागि आदर्श हुनुहुन्छ, जुन यो सहकार्यको भित्री अभिप्राय हो । आईएमई लाइफ परिवारमा उहाँलाई स्वागत गर्न पाउँदा हामी खुशी छौं । देश भरका जनताहरुमा जीवन बीमाको बारेमा जागरुकताका साथै कम्पनीको ब्राण्ड निर्माण गर्न र ग्राहकहरुको विश्वास लिन सहयोग पु¥याउने कुरा कम्पनीले जनाएको छ ।

कम्पनीले यो सम्झौता २०७७ पौष २४ गतेबाट लागु हुने गरी हस्ताक्षर गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले जानकारी दिनुभएको छ ।

त्यसैगरि डिजिटल प्रविधि मार्फत सेवा उपलब्ध गर्ने क्रममा आजकै मितिबाट “IME   साथ bot” नामबाट विश्वका कुनैपनि कुनाबाट कम्पनीका सेवा सम्बन्धमा जानकारी लिन सक्ने र अनुरोध समेत पठाउन सकिने गरि निर्माण गरिएको Chatbot प्रणालिको औपचारिक रुपमा संचालनमा ल्याएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले जानकारी दिनुभयो ।

 

prabhu mahalaxmi
kumari