प्रभु इन्सुरेन्सको संस्थापक सेयर लिलामी खुला
काठमाडौं । प्रभु इन्सुरेन्सले आज मंगलबार पुस ७ गतेबाट ७ लाख ३५ हजार कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । कम्पनीले संंस्थापक समूहको सेयर लिलामीमा बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम ३२२ रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ ।
बोलपत्रमा विद्यमान संस्थापक सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले पुस २१ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् । यसमा मुक्तिनाथ क्यापिटल हात्तिसार काठमाडौंबाट आवेदन दिन सकिनेछ ।


























