प्रुडेन्सियल इन्स्योरेन्सको ३०.१४% ले नाफा बढ्यो
काठमाडौं स् चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा प्रुडेन्सियल इन्स्योरेन्सको नाफा ३०.१४% ले बढ्योको नाफा ३०.१४% ले बढेर ४ करोड ७ लाख १० हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको यसैअवधिमा इन्सुरेन्सले ३ करोड १२ लाख ८० हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको खुद बिमा शुल्क र बिमा कोषको आकार बढेकाले खुद नाफा बढ्न टेवा पुगेको हो ।
असोज मसान्तसम्म आइपुग्दा इन्सुरेन्सको बिमा कोषको आकार १६.३३% ले बढेर ५५ करोड ७२ लाख ८५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको बिमा कोषको आकार ४७ करोड ९० लाख ४३ हजार रुपैयाँ थियो । यता, खुद बिमा शुल्क १४.८७% ले बढेर १४ करोड २६ लाख ४३ हजार रुपैयाँ पुगेको छ ।
असोज मसान्तसम्ममा प्रुडेन्सियल इन्स्योरेन्सले १३ करोड १९ लाख ७७ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी रकम ३० करोड ३१ लाख ३४ हजार रुपैयाँ छ ।
असोज मसान्तसम्म आइपुग्दा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ १५ पैसा छ ।























