citizens life insurance long ad
stcnepal long ad

हिमालयन जनरल इन्स्योरेन्सको नाफा घट्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले पहिलोे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।पहिलो त्रैमासको अवधिमा कम्पनीको खुद मुनाफा घटेको छ ।

चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा कम्पनीले खुद नाफा १७ प्रतिशतले घटेर २ करोड ६२ लाख रुपैयामा सिमित भएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले ३ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ७ प्रतिशतले बढेर ८ करोड ३८ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ७ करोड ७८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो ।

कम्पनीले यस अवधिसम्ममा तीन हजार ७ सय ४९ वटा दाबी वापत १ अर्ब १३ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ भने एक हजार भन्दा बढी दाबी वापतको २५ करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकि रहेको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ६ करोड रुपैयाँ रहेको छ । जगेडा कोष भने २५ करोड २० लाख रुपैयाँ रहेको छ भने बीमा कोषमा ५७ करोड ४१ लाख रुपैयाँ संचित रहेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ४६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ८२ रुपैयाँ १४ पैसा रहेको छ ।

IME Life
kumari