बीमा कम्पनीहरुलाई समितिको नयाँ निर्देशन

आर्थिक सञ्जाल । बिहीबार, ८ फागुन २०७६
काठमाडौं । बीमा कम्पनीले अबदेखि संयुक्त बीमा पोलिसी बेच्न नपाउने भएका छन । बीमा समितिले परिपत्र जारी गरेको विज्ञप्तिका अनुसार एउटै बीमा पोलिसीमा श्रीमान, श्रीमति दुबैको जोखिम बोक्ने जीवन बीमा पोलिसी बिक्रि गर्न नपाइने भएको हो ।
बीमा कम्पनीहरुको कुल बिजनेशमा यस्ता पोलिसीहरुको हिस्सा ५ देखि १० प्रतिशतसम्म रहेको बीमा समितिले जनाएको छ । नयाँ कम्पनीहरुले पनि आफ्नो पोलिसी बनाउँदा नै संयुक्त जोखिम बहन हुने सम्बन्धि व्यवस्था राख्न पाउने छैनन् ।
८ फागुन २०७६, बिहीवार ०७:२३ बजे प्रकाशित