stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

सानिमा जनरल इन्स्योरेन्सले कति पाउँला ओपनिङ रेञ्ज ?

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको आइपीओ बाँडफाँड भएको छ । आइपिओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेडको हलमा बाँडफाँड गरिएको हो ।

गोलाप्रथाद्वारा गरिएको बाँडफाँडमा दुई लाख ७३ हजार जनाले १० कित्ताका दरले हात पारेका थिए भने बाँकी पाँच लाख ९१ हजार जनाको हात खाली भएको थियो ।

सानिमा जनरल इन्स्योरेन्सको पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता १०३ रुपैयाँ ७३ र अधिकतम ३११ रुपैयाँ १९ पैसा सम्म रेञ्ज पाउने सम्भावना छ ।

पहिलो कारोवारको लागि कम्पनीले किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन । सानिमा जनरल इन्स्योरेन्सको आर्थिक वर्ष ०७६/७७ असार मसान्तको व्यवस्थापनबाट प्रमाणित अपरिष्कृत वित्तीय विवरण भएकोले आर्थिक वर्ष ०७५/७६ को किताबी मूल्य १०३ रुपैयाँ ७३ पैसाको आधारमा रेञ्ज तय हुने सम्भावना छ ।

यदि आर्थिक वर्ष ०७६/७७ को लेखापरिक्षण गरिएको वित्तीय विवरण थियो भने १०६ दशमलव ३९ को आधारमा रेञ्ज तय हुने थियो ।

 

prabhu mahalaxmi
kumari