stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

ज्योति लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा कात्तिक २६ गते

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा कात्तिक २६ गते बस्ने भएको छ । सभा कम्पनीको कर्पोरेट कार्यालय शान्ता प्लाजा वानेश्वर, काठमाडौंमा बिहान ११ः३० बजे बस्नेछ ।

सभामा आर्थिक वर्ष २०७५/७६ को प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने प्रस्ताव पेश हुनेछ । आ.व २०७६/७७ का लागि लेखा परीक्षक पनि नियुक्त गरिनेछ ।

यस्तै, आइपीओ निष्कासन गर्ने सम्बन्धमा पनि छलपल हुनेछ । ज्योति लाइफ इन्स्योरेन्सले गत वर्ष सम्पन्न दोस्रो वार्षिक साधारण सभाबाटै ६६ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो । आइपीओ जारी गर्न धितोपत्र बोर्डमा निवेदन दिन भने बाँकी रहेको छ ।

हाल ज्योति लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । आइपीओ जारी भइसकेपछि पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । जीवन बिमा कम्पनीको न्यूनतम चुक्ता पुँजी २ अर्ब रुपैयाँ हुनुपर्ने प्रावधान छ ।

prabhu mahalaxmi
kumari