यूनियन लाईफले व्यतित बीमालेखहरुमा शतप्रतिशत ब्याज छुट
काठमाडौं । यूनियन लाईफ इन्स्योरेन्सबाट जारी भएका बीमालेखहरु अन्तर्गत भुक्तानी गर्नुपर्ने बीमा शुल्क निर्धारित समयमा भुक्तानी नभई व्यतित भएको अवस्थामा त्यसरी व्यतित भएको बीमालेखको लागि आवश्यक प्रकृया पुरा गरी २०७७ असोज २८ गतेदेखि २०७७ कात्तिक ३० गतेसम्ममा पूनर्जागारण (नवीकरण) गराएमा लाग्ने बीमाशुल्क ब्याजमा शत्प्रतिशत छुट प्रदान गरिएको घोषण गरेको छ ।
पूनर्जागारण भएका बीमालेखहरु अन्तर्गत जोखिम वहन हुने र कम्पनीबाट प्रदान गरिने बोनस समेत प्राप्त हुने जनाएको छ ।



























