citizens life insurance long ad
stcnepal long ad

पहिलो दिनमै साढे दुई लाख बढिको आवेदन सानिमा जनरल इन्स्योरेन्सको आईपिओमा पर्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पहिलो दिनमा नै सानिमा जनरल इन्स्योरेन्सको आईपिओमा साढे दुई लाख भन्दा बढिले आवेदन गरेका छन् । कम्पनीले ३० करोड रुपैयाँको लागि आईपिओमा आवेदन माग गरेकोमा पहिलो दिनमा नै झण्डै दोब्बर रकम बराबरको आवेदन परेको हो ।

सानिमा जनरल इन्स्योरेन्सको आईपिओको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलका सिइओ रमेन्द्र रायमाझीका अनुसार आज अपरान्ह ४ः३० बजेसम्म दुई लाख ५२ हजार २२८ आवेदकले ५८ लाख ५९ हजार ८४० कित्ताको लागि ५८ करोड ५९ लाख ८४ हजार रुपैयाँको आवेदन दिएका छन् । आज रातिसम्ममा आवेदन दिनेको संख्या अझै बृद्धि हुने कम्पनीले जनाएको छ ।

सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आजबाट ३० लाख कित्ता आईपिओमा आवेदन खुल्ला गरेको हो । सो मध्ये ४ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणको लागि वितरण हुनेछ । कम्पनीको आईपिओमा आगामी असोज २५ गते अपरान्ह ५ बजेसम्म आवेदन दिन पाइनेछ ।

IME Life
kumari