stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले असोज २ गतेबाट कुल ३९ हजार १०० कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो । एनआइसी एसिया बैंकले यसअघि ३ पटक बिक्री खुला गर्दा पनि सबै सेयर नबिकेपछि चौथो पटक फेरि बिक्रीमा ल्याइएको हो ।

यसमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । साथै, १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन पाइनेछ ।

एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी, सुर्खेत र कमलादी शाखा कार्यालयबाट पनि बोलपत्र पेश गर्न सकिनेछ ।

prabhu mahalaxmi
kumari