stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

३० करोडको आइपीओ बिक्री गर्न धितोपत्र बोर्डको जनरल इन्स्योरेन्सलाई अनुमति

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ३० करोड रुपैयाँको आइपीओ जारी गर्न धितोपत्र बोर्डबाट जनरल इन्स्योरेन्सले अनुमति पाएको छ । जनरलले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको ३० लाख कित्ता आइपीओ जारी गर्न नियामक निकायबाट अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । हाल जनरलइन्स्योरेन्सको अधिकृत पुँजी २ अर्ब रुपैयाँ, जारी पुँजी १ अर्ब र चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ ।

आइपीओ पछि चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ । निर्जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी १ अर्ब रुपैयाँ हुनुपर्ने प्रावधान छ । कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं  हात्तीसारमा रहेको छ । यस्तै, यस कम्पनीले ३७ वटा शाखा कार्यालय र १० तेस्रो पक्ष बिमा काउन्टर मार्फत् बिमा सेवा प्रदान गर्दै आएको छ ।

prabhu mahalaxmi
kumari