citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

नेपाल धितोपत्र बोर्डले एकै पटक चार नियमावली संशोधन गर्यो

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले चार वटा नियमावली एकै पटक संशोधन गरेको छ । बोर्डले फागुनदेखि लागू हुने गरी धितोपत्र व्यावसायी नियमावली २०६४, धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३, सामूहिक लगानी कोष नियमावली २०६७ र धितोपत्र व्यावसायी (मर्चेन्ट बैकर) नियमावली २०६४ लाई संशोधन गरेको हो ।
संशोधित व्यवस्था अनुसार सार्वजनिक निष्कासनमा शेयर खुला रहने अधिकतम अवधि ३० दिनबाट घटाएर १५ दिन कायम गरिएको छ । धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासनमा बुक बिल्डिङ्ग विधिसमेत प्रयोगमा ल्याउने व्यस्था गरिएको छ । नयाँ व्यवस्था अनुसार वाणिज्य बैंकहरुलाई पनि ५१ प्रतिशत स्वामित्व हुने गरी सहायक कम्पनीमार्फत ब्रोकर सेवा प्रदान गर्ने बाटो खुला भएको छ । ब्रोकर संख्या बढाउने व्यवस्था ल्याइरहँदा सेबोनले कम्पनीहरुबीच मर्जर र प्राप्तीको व्यवस्थालाई पनि प्राथमिकतामा राखेको छ ।
धितोपत्र व्यावसायीहरुको न्यूनतम चुक्तापूँजी २० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था समेत बोर्डले गरेको छ । नियमावली संशोधन सम्बन्धित संस्थाहरुको राय सुझावकै आधारमा गरिएको बोर्डले जनाएको छ ।

gold
himalayan life insurance long ad