सानिमा लाईफ इन्स्योरेन्समा नयाँ सिईओ नियुक्ती हुँदै
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ सिईओ नियुक्ती गर्ने प्रक्रिया अघि बढाएको छ । सो कम्पनीले यही भाद्र ५ गतेको समयसीमा तोकेर आवेदन माग गरेकोमा योग्यता नपुगेका धेरै आवेदन परेको छ ।
सो मध्ये योग्यता पुगेका र सम्भावित छ जनाको नाम छनौट गरी अन्तर्वार्ता लिने काम भइरहेको कम्पनीले जनाएको छ ।
सानिमा लाईफमा सिईओ बन्नका लागि दुई नयाँ लाईफ इन्स्योरेन्स कम्पनीका डेपु्टी सिईओहरुले समेत आवेदन दिएको जनाइए पनि सानिमा लाईफले भने आवेदकहरुको नामेसी खुलाउन चाहेको छैन । कम्पनीले छिट्टै नयाँ सिईओ नियुक्ती हुने जनाएको छ ।
























