नेशनल लाईफ इन्स्योरेन्सको धनगढीमा एजेन्सी कार्यालय उद्घाटन
काठमाडौं । लकडाउनकै बीचमा धनगढीमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको नयाँ एजेन्सी कार्यालय उद्घाटन गरिएको छ ।
कम्पनीका सुदुरपश्चिम प्रदेश प्रमुख रामचन्द्र तिवारीले आइतबार नयाँ एजेन्सी कार्यालय उद्घाटन गरेका हुन् । धनगढी शाखा प्रमुख उमाकान्त जोशीको उपस्थितिमा आयोजित कार्यक्रममा नयाँ एजेन्सी कार्यालय उद्घाटन गरिएको कम्पनीले जनाएको छ ।
प्रमुख अतिथि रामचन्द्र तिवारीले निकट भविष्यमा सो क्षेत्रमा थप एजेन्सी कार्यालय पनि खोलिने बताए ।एजेन्सी कार्यालय प्रमुख चिफ बिजनेस म्यानेजर गणेश थापाले सुदुर पश्चिममा रहेर उल्लेख्य बीमा व्यवसाय गर्दै आएका छन् ।


























