stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

नेपाल इन्सुरेन्स कम्पनी लिमिटेडको नाफा १९.४०५ ले बढ्यो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

 

काठमाडौं । नेपाल इन्सुरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको भन्दा १९.४०५ धेरै हो । गत वर्ष कम्पनीले ७ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले खुद बिमा शुल्क पनि ३४.०७५ ले बढाएर ३२ करोड १९ लाख रुपैयाँ पुर्याउन सफल भएको छ । गत वर्ष यसले २४ करोड १ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
यस त्रैमास सम्ममा कुल १३ करोड ३१ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दाबी रकम कुल ८६ करोड ९० लाख रुपैयाँ रहेको छ ।
कम्पनीले बिमा कोष पनि २३ करोड १४ लाख रुपैयाँबाट बढाएर ३४ करोड १३ लाख पुर्याएको छ ।हाल यसको चुक्ता पुँजी १ अर्ब ९ करोड ५५ लाख रुपैयाँ रहेको छ भने, जगेडा कोषमा ३२ करोड २५ लाख रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ९६ पैसा र प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ६० पैसा छ ।

prabhu mahalaxmi
kumari bank
kumari