stcnepal long ad
ime life insurance
national life
global ime bank long

दोब्बर बढि आवेदन रिलायन्स लाईफ इन्स्योरेन्सको आईपिओमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्सले हिजोदेखि आवेदन खुल्ला गरेको आईपिओमा दोब्बर भन्दा बढि आवेदन परेको छ । कूल ५६ लाख ७० हजार कित्तामा आवेदन माग गरेकोमा आवेदन खुल्ला गरेको दोस्रो दिनमा नै दोब्बर भन्दा बढि अर्थात एक करोड २६ लाख ७० हजार ९६० कित्ता शेयरमा आवेदन परेको सानिमा क्यापिटलले जनाएको छ ।

आज अपरान्ह ४ः३० बजेसम्मको तथ्याङ्क अनुसार दुई लाख ९३ हजार ९२५ जना आवेदकले एक अर्ब २६ करोड ७० लाख ९६ हजार रुपैयाँको आवेदन दिएका छन् ।

कम्पनीले कूल ६३ करोड रुपैयाँ बराबरको आईपिओ जारी गरेकोमा म्यूचुअल फण्ड र कर्मचारीहरुलाई छुट्टाएर बाँकी रहेको ५६ करोड ७० लाख रुपैयाँको आईपिओ सर्वसाधारणको लागि जारी गरेको छ ।

IME Lifesidebar
kumari