citizens life insurance long ad

ओरिएन्टल इन्स्योरेन्सको २०%ले बढ्यो कुल बीमाशुल्क आर्जन

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ओरिएन्टल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ६२ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ३५ करोड २८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन २०.३६ प्रतिशतले बढेको छ।

कम्पनीले समीक्षा अवधिसम्म ८३ करोड १९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ८६ करोड ९७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क ४.३५ प्रतिशतले घटेको छ।

तेस्रो त्रैमाससम्म कम्पनीले १३ करोड ८३ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ४६ करोड १७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको विशेष जगेडामा १ अर्ब ६६ करोड ११ लाख रुपैयाँ, महाविपत्ति कोषमा ६ करोड ३३ लाख रुपैयाँ र अन्य इक्विटीमा ८४ करोड ९८ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ १६ करोड २ लाख रुपैयाँले ऋणात्मक रहेको छ।

अघिल्लो वर्ष असार मसान्तसम्म विशेषा जगेडामा १ अर्ब ६६ करोड ११ लाख रुपैयाँ, महाविपत्ति कोषमा ६ करोड ३३ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५ करोड ५७ लाख रुपैयाँ र अन्य इक्विटीमा ७७ करोड ५८ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म कम्पनीको बीमा कोषमा १ अर्ब ६५ करोड १९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष बीमा कोषमा ३ करोड १८ लाख रुपैयाँले ऋणात्मक थियो।

IME Lifesidebar
kumari