citizens life insurance long ad

नेको इन्स्योरेन्सको मुनाफा ३६ करोड ९३ लाख

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (चैत्र- असार) महिना सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले तेस्रो त्रैमाससम्म ३६ करोड ९३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा सो अवधिसम्ममा कम्पनीले ३७ करोड ७४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा कम्पनीको मुनाफा २.१६ प्रतिशतले घटेको छ।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको विशेष जगेडामा २ अर्ब २० करोड ९४ लाख रुपैयाँ, महाविपत्ति कोषमा १५ करोड ६७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ६७ करोड ६१ लाख रुपैयाँ र अन्य इक्विटीमा ३२ करोड ६३ लाख रुपैयाँ रहेको छ।

अघिल्लो आर्थिक वर्षकाे असार मसान्तसम्म विशेष जगेडामा २ अर्ब २ करोड ४८ लाख रुपैयाँ, महाविपत्ति कोषमा १३ करोड ८२ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५१ करोड ३६ लाख रुपैयाँ र अन्य इक्विटीमा २९ करोड २५ लाख रुपैयाँ रहेको थियो।

गत आर्थिक वर्षसम्म कम्पनीको बीमा कोषमा ४ अर्ब ६० लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षकाे असार मसान्तसम्म बीमा कोषमा ३ अर्ब ४१ करोड ५१ लाख रुपैयाँ थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा कम्पनीको बीमा कोषको आकार १७.३० प्रतिशतले बृद्वि भएकाे छ।

गत आर्थिक वर्षकाे तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब १६ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ९३ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ११.७५ प्रतिशतले बृद्वि भएको छ। कम्पनीले गत आर्थिक वर्षसम्म १ अर्ब २२ करोड ७९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ७ करोड ३५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क १४.३९ प्रतिशतले बृद्वि गरेको छ। नेकाे इन्स्योरेन्सकाे शेयरपुँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ रहेको छ।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर २४.४७ रुपैयाँ कायम भएको छ। अघिल्लो आर्थिक वर्ष ईपीएस २५.०१ रुपैयाँ थियो। पीई रेसियो ३०.६८ गुणा रहेको छ। यु्तै कम्पनीको प्रतिशेयर नेटवर्थ २६७.४० रुपैयाँ रहेको छ

IME Lifesidebar
kumari