stcnepal long ad
ime life insurance
national life
global ime bank long

१० दिनभित्र विवरण अद्यावधिक र पोर्टफोलियो कायम गर्न बिमा सर्भेयरलाई प्राधिकरणको निर्देशन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। नेपाल बिमा प्राधिकरणले सम्पूर्ण इजाजतपत्र प्राप्त बिमा सर्भेयरहरूलाई १० दिनभित्र आफ्नो व्यक्तिगत विवरण (केवाईसी) अद्यावधिक गर्न र इजाजतपत्रको पोर्टफोलियो कायम गर्न निर्देशन दिएको छ।

प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै बिमा ऐन, २०७९ तथा बिमा सर्भेयर निर्देशन, २०८३ बमोजिम यो अनिवार्य व्यवस्था लागु गरेको हो। नयाँ नियमअनुसार सबै सर्भेयरले आईआरएमआईएस प्रणालीमा लगइन गरी स्पष्ट बुझिने कागजातसहित आफ्नो व्यक्तिगत विवरण अपलोड गर्नुपर्नेछ।

त्यसैगरी, व्यक्तिगत इजाजतपत्र प्राप्त सर्भेयरहरूले आफ्नो पोर्टफोलियो खुलाएर इजाजतपत्र कायम गर्न प्राधिकरणमा निवेदन दिनुपर्नेछ।

संस्थागत इजाजतपत्र प्राप्त बिमा सर्भेयरहरूको हकमा भने बिमा नियमावली,२०८१ बमोजिम वर्गविहीन इजाजतपत्र कायम गर्नका लागि आवश्यक निवेदन पेस गर्न प्राधिकरणले आग्रह गरेको छ। तोकिएको १० दिनको म्यादभित्र यी कार्यहरू अनिवार्य रूपमा सम्पन्न गर्न प्राधिकरणले सचेत समेत गराएको छ।

IME Lifesidebar
kumari