stcnepal long ad
ime life insurance
national life
global ime bank long

एनआईसी एसिया बैंकले सूर्यज्योति लाइफ इन्स्योरेन्स को ८ लाख ८७ हजार कित्ता शेयर बेच्दै 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईसी एसिया बैंकले सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ८ लाख ८७ हजार बढी कित्ता शेयर बिक्रीमा राखेको छ।

बैंकले सूर्यज्योति लाइफको ८ लाख ८७ हजार ८२५ कित्ता संस्थापक शेयर आज वैशाख २१ गतेदेखि लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो। कानुन बमोजिम योग्य जो कोही व्यक्ति तथा संस्थाले शेयर खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १६५ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताको बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

बोलपत्र काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया बैंक र एनआईसी एसिया क्यापिटलको कार्यालयका साथै एनआईसी एसिया बैंकका शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतको वीरेन्द्रनगरमा पेस गर्न सकिनेछ। बोलपत्र यही वैशाख २८ गतेसम्म बुझाउनुपर्नेछ।

IME Lifesidebar
kumari