stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल लाइफ इन्स्योरेन्सद्वारा दीपक भट्टको नाममा ३७ करोड रुपैयाँ दुरुपयोगको समाचार खण्डन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हिमालयन रिइन्स्योरेन्स कम्पनीका आधारभूत सेयरधनी दिपक भट्टले आफ्नो सहायक कम्पनीबाट ३७ करोड रुपैयाँ दुरुपयोग गरेको भनी विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन गरेको छ । कम्पनीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार भट्टले नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड लगायतका सेयर दोस्रो बजारबाट खरिद गर्न आफ्नो सहायक कम्पनीबाट ३७ करोड रुपैयाँ दुरुपयोग गरेको भन्ने खबर निराधार छन् । नेपाल लाइफ इन्स्योरेन्सको यस विषयमा दिपक भट्ट वा धितोपत्र दलाल नं. ५५ भृकुटी स्टक ब्रोकर कम्पनी प्रालिसँग कुनै संलग्नता वा कारोबार नरहेको स्पष्ट पारेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सले आफू सधैं प्रचलित कानुन, नियामक निकायका मापदण्ड तथा संस्थागत सुशासनका सिद्धान्तहरूको पूर्ण पालना गर्दै आफ्नो व्यवसाय सञ्चालन गर्दै आएको विज्ञप्तिमा उल्लेख छ । कम्पनीले बजारमा उत्पन्न भ्रम निराकरण गर्नका लागि यो स्पष्टीकरण जारी गरेको जनाएको छ ।

prabhu mahalaxmi
kumari