stcnepal long ad
ime life insurance
global ime bank long

हिमालयन रि–इन्स्योरेन्सका अध्यक्ष शेखर गोल्छाले राजिनामा दिए

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा गोल्छा अर्गनाइजेसनका सञ्चालक शेखर गोल्छाले हिमालयन रि–इन्स्योरेन्सको अध्यक्ष पदबाट आज चैत्र ६ गते राजीनामा दिएका छन्। उनले गत शुक्रबार कम्पनीको सञ्चालक समिति समक्ष राजीनामा पत्र बुझाएको इन्स्योरेन्स स्रोतले बताएको छ।

उक्त राजीनामा कम्पनीको सञ्चालक समितिबाट पारित भएर नेपाल बिमा प्राधिकरण पठाउनु पर्ने हुन्छ। कम्पनीबाट आधिकारिक रूपमा राजीनामा पत्र प्राप्त नभए पनि मौखिक रूपमा जानकारी प्राप्त भएका प्राधिकरण स्रोतले बताएको छ।

कम्पनी स्थापनाकालदेखि नै नेतृत्वदायी भूमिकामा रहेका गोल्छाले घरायसी र व्यावसायिक व्यस्ततालाई कारण देखाउँदै पदबाट बाहिरिने निर्णय गरेको बताइएको छ। उनको नेतृत्वमा हिमालयन रि–इन्स्योरेन्सले छोटो समयमै व्यावसायिक सफलता हासिल गर्नुका साथै प्रिमियम संकलन र बजार विस्तारमा राम्रो प्रगति गरेको थियो।

निजी क्षेत्रको पहिलो पुन बिमा कम्पनीको रूपमा स्थापित यो संस्थामा गोल्छाको कार्यकाल महत्त्वपूर्ण मानिन्छ। विशेष गरी कम्पनीको आइपिओ निष्कासन र अन्तर्राष्ट्रिय रेटिङका सन्दर्भमा उनले खेलेको भूमिकाको बजारमा सकारात्मक रहेको छ।

गोल्छा बाहिरिएसँगै अब सञ्चालक समितिले बाँकी सञ्चालकहरूमध्येबाट वा नयाँ सञ्चालक नियुक्त गरी अध्यक्षको चयन गरिने भएको छ। यस निर्णयले कम्पनीको आगामी रणनीतिक योजनाहरूमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा लगानीकर्ताहरूले चासोका साथ हेरिरहेका छन्।

prabhu mahalaxmi
kumari