stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

हिमालयन एभरेष्ट इन्स्योरेन्सको आफ्नै आधुनिक भवन कुमारिपाटीमा

लगनखेल शाखा स्थानान्तरण

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले सेवा विस्तार तथा भौतिक पूर्वाधार सुदृढीकरण गर्ने रणनीति अनुरूप ललितपुर महानगरपालिका वडा नं. १९ स्थित कुमारिपाटीमा कम्पनीको आफ्नै आधुनिक सुविधासम्पन्न भवन निर्माण कार्य सफलतापूर्वक सम्पन्न गरेको छ।

हाल सञ्चालनमा रहेको लगनखेल शाखा कार्यालयलाई माघ २८ गतेदेखि कुमारिपाटीस्थित नयाँ भवनमा स्थानान्तरण गरिएको छ। अब उप्रान्त साबिक लगनखेल शाखाबाट प्रदान गरिँदै आएका सम्पूर्ण बीमा सेवाहरू नयाँ स्थानबाट निरन्तर रूपमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

कम्पनीको आफ्नै भवनबाट सेवा सञ्चालन सुरु भएसँगै ग्राहक सेवा थप व्यवस्थित, सहज तथा प्रभावकारी हुने विश्वास लिइएको छ। नयाँ भवनमार्फत ग्राहक तथा सरोकारवालालाई अझ गुणस्तरीय सेवा प्रदान गर्न सहज हुने कम्पनीको भनाइ छ।

यस क्रममा कम्पनीले सम्बन्धित सरोकारवाला, ग्राहकवर्ग तथा शुभेच्छुकहरूबाट प्राप्त निरन्तर विश्वास, साथ र सहयोगप्रति हार्दिक आभार प्रकट गरेको छ।

साथै, आगामी दिनहरूमा पनि ‘ग्राहक–केन्द्रित सेवा’ लाई प्राथमिकतामा राख्दै बीमा सेवाको दायरा र गुणस्तर अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

prabhu mahalaxmi
kumari