stcnepal long ad
ime life insurance
global ime bank long

आईएमई लाइफ इन्स्योरेन्सलाई वुमन इन इन्स्योरेन्स लिडरशिप पुरस्कार

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स कम्पनीलाई इण्डियन च्याम्बर अफ कमर्सद्वारा आयोजित ‘इमर्जिङ इन्स्योरेन्स अवार्डबाट’ सम्मान गरिएको छ।

अवार्डको छैठौं संस्करण अन्तर्गत ६ फेब्रुवरी, २०२६ मा इन्डियन चेम्बर अफ कमर्सले थाईलेन्डको बैंककमा आयोजना गरेको ‘छैठौं इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२५’ मा आइएमई वमन इन इन्स्योरेन्स लिडरसिप विधामा अवार्ड हासिल गर्न सफल भएको हो।

उक्त कार्यक्रममा भारत, नेपाल, बांगलादेश, भुटान, श्रीलंका, म्यानमार, थाईल्याण्ड लगायत अन्य देशहरुका इन्स्योरेन्स कम्पनीहरुबाट उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

विश्व विख्यात चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पी डब्लु सी, इन्डियन इन्सिटिच्यूट अफ इन्स्योरेन्स, अन्तराष्ट्रिय बीमा विज्ञहरु लगायत थुप्रै प्रतिस्ठित संस्थाहरुबाट स्वतन्त्र रुपमा मूल्यांकन गरी विभिन्न वित्तीय सुचाङ्कहरुमा उत्कृष्ट कार्यसम्पादनको आधारमा अवार्ड प्रदान गरिएको हो।

कम्पनीले हरेक सुचांकहरुमा उत्कृष्टता हसिल गर्दै नवप्रवर्तन र डिजिटलीकरणमा आफ्नो अलग पहिचान बनाउन सफल भएको छ ।

फलस्वरूप यो अन्तराष्ट्रियस्तरको अवार्ड हासिल गर्नका लागि अहोरात्र खटिने कम्पनीका सम्पूर्ण कर्मचारी र अभिकर्ताहरुको प्रमुख भुमिका रहेको जानकारी गराउँदै, नियमनकारी निकाय बीमा प्राधिकरणको मार्गनिर्देशन, कम्पनीको सञ्चालक समितिको हौसला र बिश्वाशको लागि कम्पनीका सिईओ पवन खड्काले हार्दिक कृतज्ञता व्यक्त गरे।

prabhu mahalaxmi
kumari