stcnepal long ad
global ime bank long

जीवन बीमा अभिकर्ताको परीक्षामा सहभागी १९ जनामाथि बीमा प्राधिकरणले कारबाही गर्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको परीक्षामा सहभागी डेढ दर्जन बढी व्यक्तिमाथि कारबाही गरेको छ।

प्राधिकरणले परीक्षामा अनियमितता गरेको भन्दै १९ जना परीक्षार्थीमाथि कारबाही गरेको हो। नक्कली परीक्षार्थी सहभागी भएको भन्दै प्राधिकरणले ती परीक्षार्थीको परीक्षा रद्द गरेको छ। ती परीक्षार्थी विभिन्न जीवन बीमा कम्पनीबाट परीक्षामा सहभागी भएका थिए।

कारबाहीमा पर्ने परीक्षार्थीमा गुल्मीकी सविता अधिकारी, पाँचथरका सुरज भण्डारी, बाराकी ममता ठाकुर, रुपन्देहीका आषिश हरिजन, नवलपुरकी सन्ध्या ढकाल, कपिलवस्तुकी फूलमाया बस्नेत, दैलेखका लालबहादुर थापा, अछामका लालाबहादुर साउद, रुपन्देहीकी करुणा श्रेष्ठ र पाँचथरका रविनसन सुब्बा छन्।

यसैगरी रुपन्देहीकी पिमकुमारी मल्ल, इलामका रोहितकुमार चौंलागाईं, प्युठानकी कल्पना एमसी, रुपन्देहीकी समीक्षा न्यौपाने, अर्घाखाँचीका गोविन्द पौडेल, कास्की अजित तिमिल्सिना (पौडेल), रौतहटका राजेशकुमार ठाकुर, सुनसरीकी दिपिका पोखरेल र कास्कीका रोबर्ट बस्नेत पनि प्राधिकरणको कारबाहीमा परेका छन्।

कारबाहीमा परेका सबैलाई ३ महिनासम्म बीमा अभिकर्ताको परीक्षामा सामेल हुन नपाउने गरी रोक लगाइएको प्राधिकरणले जनाएको छ।

IME Lifesidebar
kumari