stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

सन नेपाल लाइफ इन्स्योरेन्सको नेशनल एजेन्सी मिट २०८२ पोखरामा सम्पन्न, उत्कृष्ट अभिकर्ता MDRT 2026 तथा  सम्मानित

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौ. । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालको अध्यक्षतामा होटल ग्रान्ड पोखरामा दुई दिने नेशनल एजेन्सी मिट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

देशभरिका प्रतिष्ठित एजेन्सी लिडर तथा उत्कृष्ट अभिकर्ताहरूको सहभागितामा आयोजित उक्त कार्यक्रममा कम्पनीले असाधारण प्रदर्शन गर्ने अभिकर्ताहरू तथा MDRT 2026 हासिल गर्ने सदस्यहरूलाई विशेष सम्मान प्रदान गरेको हो।

कार्यक्रमको पहिलो दिन उत्कृष्ट व्यवसाय, समर्पण र निरन्तर योगदानमार्फत कम्पनीको वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अभिकर्ताहरूलाई कदर गर्दै सम्मान समारोह आयोजना गरिएको थियो। MDRT 2026 प्राप्त गर्ने अभिकर्ताहरूलाई अन्तर्राष्ट्रिय स्तरको उपलब्धिका रूपमा विशेष सम्मान गर्दै कम्पनीले उनीहरूको पेशागत उत्कृष्टता र नेतृत्व क्षमताको उच्च मूल्याङ्कन गरेको थियो।

दोस्रो दिन अभिकर्ताहरूको क्षमता अभिवृद्धि तथा नेतृत्व विकासमा केन्द्रित प्रशिक्षण सत्र सञ्चालन गरियो। अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सेल्स ट्रेनर तथा लिडरसिप कोच श्री अनिल झा ले बिक्री कौशल, नेतृत्व क्षमता, सोचको रूपान्तरण तथा ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माणका विषयमा प्रेरणादायी प्रशिक्षण प्रदान गर्नुभयो। उहाँको सशक्त प्रस्तुति र व्यावहारिक अनुभवले सहभागी अभिकर्ताहरूलाई अझ उच्च लक्ष्यसहित अघि बढ्न उत्प्रेरित गरेको थियो।

कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कबि फुयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाईको प्रमुख उपस्थिति रहेको थियो त्यस्तै उत्कृष्ट नतिजा हासिल गर्ने शाखा प्रमुखहरुको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।

सुन्दर पर्यटकीय नगरी पोखरामा सम्पन्न नेशनल एजेन्सी मिटले विगतका उपलब्धिहरूको उत्सव मनाउनुका साथै भविष्यमा अझ सशक्त, व्यावसायिक र ग्राहककेन्द्रित सेवा प्रदान गर्ने प्रतिबद्धतालाई थप बलियो बनाएको छ। हाल सन नेपाल लाइफ इन्स्योरेन्सको देश भरि १४८ शाखा तथा उपशाखा संचालनमा रहेका छन्।

prabhu mahalaxmi
kumari