stcnepal long ad
ime life insurance
national life
global ime bank long

आइएमई लाइफ इन्स्योरेन्सद्वारा सन् २०२६ का एमडीआरटी छनौट अभिकर्ता सम्मानित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स ले सन् २०२६ का लागि मिलियन डलर राउन्ड टेबल एमडीआरटी सदस्यता हासिल गर्न सफल अभिकर्ताहरूलाई विशेष सम्मान कार्यक्रममार्फत सम्मानित गरेको छ।

काठमाडौंस्थित चन्द्रागिरी हिल्स रिसोर्ट मा आयोजित भव्य समारोहमा १ जना सीओटी र ७४ जना एमडीआरटीसहित कुल ७५ जना अभिकर्ताहरूलाई सम्मान प्रदान गरिएको हो।

कार्यक्रममा कम्पनीका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरू, प्रमुख कार्यकारी अधिकृतसहित उच्च व्यवस्थापन तहको उल्लेखनीय उपस्थिति रहेको थियो।

कम्पनीले अभिकर्ताहरूको व्यावसायिक उत्कृष्टता, निरन्तरता, समर्पण र नैतिक आचरणप्रति कदर व्यक्त गर्दै उनीहरूको योगदानलाई सम्मान गर्न यो विशेष कार्यक्रम आयोजना गरेको जनाएको छ।

जीवन बीमा अभिकर्ताहरूको अन्तर्राष्ट्रिय स्वतन्त्र संस्था हो, जसलाई विश्वव्यापी रूपमा पेशागत उत्कृष्टताको मानकका रूपमा मानिन्छ। योग्यता, मेहनत, उत्कृष्ट ग्राहक सेवा र उच्च नैतिक आचरणको प्रतीकका रूपमा एमडीआरटी सदस्यतालाई जीवन बीमा क्षेत्रमा प्रतिष्ठित सम्मानका रूपमा लिने गरिन्छ।

समारोहलाई सम्बोधन गर्दै कम्पनी प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का ले अभिकर्ताहरूको निरन्तर साथ र योगदानप्रति आभार व्यक्त गरेका छन्।

उनले कम्पनीले प्रविधिमैत्री, बीमित तथा अभिकर्ता–केन्द्रित सेवाहरूलाई प्राथमिकतामा राख्दै दिगो व्यवसाय विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेपछि कार्यक्रमको समापन गरिएको थियो।

IME Lifesidebar
kumari