एनएलजी इन्स्योरेन्सको २०औं वार्षिक साधारण सभा सम्पन्न
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको बीसौं वार्षिक साधारण सभा आज २०८२ साल पौष ३० गते, काठमाडौंमा सम्पन्न भयो ।
साधारण सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०८२ साल आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०८१/८२ को नाफा—नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो संग सम्बन्धित अनुसूचीहरु लगायत अन्य विषयसूचीहरु उपर छलफल भई पारित गर्ने निर्णय ग¥यो ।
कम्पनीका अध्यक्ष विमल प्रसाद वाग्लेले आर्थिक वर्ष २०८१/८२ को संचित मुनाफाबाट चुक्तापुँजी रु.२,५६,५२,२४,४३२/– (अक्षरेपि दुई अर्ब छपन्न करोड बाउन्न लाख चौबिस हजार चार सय बत्तिस रुपैंया) को ४.०० प्रतिशतको दरले रु. १०,२६,०८,९७८/– (अक्षरेपि दस करोड छब्बीस लाख आठ हजार नौ सय अठहत्तर रुपैंया) बराबर बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव तथा ३.०० (तीन दशमलब शून्य) प्रतिशतको दरले रु. ७,६९,५६,७३३/– (अक्षरेपि सात करोड उनान्सत्तरी लाख छपन्न हजार सात सय तेत्तीस रुपैँया) नगद लाभांश तथा नगद लाभांश र वोनस शेयर वापतको कर प्रयोजनको लागि ०.३६८४ (शून्य दशमलब तीन छ आठ चार) प्रतिशतका दरले रु. ९४,५०,८२७/– (अक्षरेपि चौरानब्बे लाख पचास हजार आठ सय सताईस रुपैँया) नगद लाभांश पारित गर्न गरेको प्रस्ताव पारित भई जम्मा लांभाश ७.३६८४ प्रतिशत पारित भयो । सोही सभाबाट कम्पनीको आर्थिक वर्ष २०८२/८३ को लागि श्री एस.सी. लाल एसोशियटस्, चार्टर्ड एकाउन्टेन्टस्लाई कम्पनी ऐन २०६३ को दफा १११ अनुसार साबिकको पारिश्रमिक रु.६,५०,०००/— (अक्षरेपि छ लाख पचास हजार रुपैंया) (मूल्य अभिवृद्धि कर बाहेक) मा यस कम्पनीको लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित भयो ।
सर्वसाधारण लगानीकर्ता “ख” समुहका शेयरधनीहरुको तर्फबाट एनएलजी ईन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ (दुई) जना क्रमशः डा.भरत कुमार थापा र श्री शालिनी राणा सञ्चालक पदमा निर्विरोध निर्वाचित हुनु भयो ।
कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणका मुख्य झलकहरु यस प्रकार छन्:
कुल बीमा शुल्क आर्जन — रु. ३ अर्ब १९ करोड
कुल बीमा शुल्क आम्दानी — रु. २ अर्ब ८८ करोड
खुद आर्जित बीमा शुल्क आम्दानी — रु. ९८ करोड २८ लाख
खुद नाफा — रु. १५ करोड ३४ लाख
आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको कूल कारोबार गत आ.व. २०८०/८१ कोे तुलनामा २३.४१ प्रतिशतले बृद्धि भई, रु. ३ अर्ब १९ करोड बीमा शुल्क आर्जन गरेको छ र यसका मुख्य पोर्टफोलियोहरु निरन्तर बृद्धिमा छन् ।
आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको कुल दावी भुक्तानी तथा खुद दावी भुक्तानी गत आर्थिक वर्ष २०८०/८१ कोे तुलनामा क्रमशः ४७.६९ प्रतिशत तथा ४७.०२ प्रतिशतले वृद्धि भई, रु. २ अर्ब ४२ करोड तथा रु. ६२ करोड ९४ लाख भएको छ ।
यसै आर्थिक वर्षमा कम्पनीले आफ्नो व्यवस्थापन प्रणालीको गुणस्तर, पारदर्शिता तथा सेवा प्रकृयामा उत्कृष्टता प्रमाणित गर्दै अन्तरराष्ट्रिय मान्यता प्राप्तISO 9001:2025 गुणस्तर व्यवस्थापन प्रणालीको प्रमाणीकरण सफलतापूर्वक हासिल गरेको छ ।
साथै, देशको अग्रणी क्रेडिट रेटिङ्ग संस्था ICRA NEPAL Ltd. बाट कम्पनीलाई [ICRANP-IR]A- क्रेडिट रेटिङ्ग प्रदान गरिएको छ, जसले कम्पनीको वित्तीय स्थायित्व, समयमा दायित्व पूरा गर्ने क्षमता तथा न्यून जोखिम प्रोफाइललाई संकेत गर्दछ ।
कम्पनीले आफ्नो कारोबारको पूनर्बीमा विश्व प्रसिद्ध हेनोभर री को अगुवाईमा गर्दै आइरहेको छ जसमा स्वदेशी पुनर्बीमा कम्पनीहरु समेत समावेश गरिएको छ । बीमालाई बढि भन्दा बढि ग्राहकहरुसम्म पुर्याउन शाखा बिस्तारलाई निरन्तरता दिंदै आइरहेको छ । साधारण सभा सिल्भर ओक ब्याङ्केट एण्ड ईभेन्ट्स सेन्टर, गैह्रिधारा काठमाडौंमा सम्पन्न भएको थियो ।




























