stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा अल्ट्रासाउण्ड मेसिन सहयोग

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर महानगरपालिका वडा नं. १० स्थित स्वास्थ्य केन्द्रलाई एक थान आधुनिक अल्ट्रासाउण्ड मेसिन सहयोग गरेको छ ।

उक्त मेसिनको औपचारिक हस्तान्तरण कार्यक्रमललितपुर महानगरपालिका वडा नं. १० मा आयोजित विशेष समारोहबीच सम्पन्न भएको छ ।

समारोहमा ललितपुर महानगरपालिकाका सम्माननीय महानगर प्रमुख ज्यू, वडा नं. १० का वडा अध्यक्ष वडा सदस्यज्यूहरू, स्वास्थ्य केन्द्रका प्रतिनिधिहरू, स्थानीयवासी तथा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यकता भएको उल्लेख गर्दै संस्थाले समुदायको प्रत्यक्ष हित हुनेकार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै गतिविधिहरू सञ्चालन गर्दै आएको बताए ।

उहाँले यस अल्ट्रासाउण्ड मेसिनले स्थानीय स्तरमै सहज, समयमै तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुग्नेविश्वास व्यक्त गर्नुभयो, विशेषगरी आमा तथा बालस्वास्थ्य सेवामा यसको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो।

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले बीमा व्यवसायलाई केवल जोखिम व्यवस्थापनको माध्यमका रूपमामात्र नभई समाजको दिगो विकासमा साझेदार बन्ने अवसरका रूपमा लिँदै आएको छ ।

यसै दृष्टिकोणअनुसार स्थानीय सरकार, स्वास्थ्य संस्था तथा समुदायसँग सहकार्य गर्दै शिक्षा, स्वास्थ्य र सामाजिक विकासकाक्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएको छ।

कम्पनीले आगामी दिनहरूमा पनि समुदायको जीवनस्तर उकास्ने, जनस्वास्थ्य सुधारमा टेवा पुर्‍याउने तथा सामाजिक रूपमा अर्थपूर्ण कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेको छ

prabhu mahalaxmi
kumari bank
kumari