stcnepal long ad
global ime bank long

नेपाल इन्स्योरेन्सले ७७औं वार्षिक साधारण सभा पुस २९ गते

लाभांश पारित गरिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते मंगलबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे ७७औं वार्षिक साधारणसभा बोलाएको छ।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ।

साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू पारित गर्नेछ।

त्यसैगरी चालू आर्थिक वर्षको लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने र नियमनकारी निकायबाट कुनै निर्देशन वा सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ बुक क्लोजको आधारमा पुस १३ गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्रै भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।

IME Lifesidebar
kumari