stcnepal long ad
global ime bank long

सालपा विकास बैंकले पुस १६ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सालपा विकास बैंक लिमिटेडले सर्वसाधारणका लागि पुस १६ गतेदेखि आईपीओ जारी गर्ने भएको छ। प्रथम चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरी बाँडफाँड गरेपश्चात् दोश्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो।

यस बैंकले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो। जसमध्ये १ लाख ७२ हजार ३८८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा बाँडफाँड गरिसकेको छ।

बैंकले अब बाँकी शेयरमध्ये ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषहरूलाई र २६ हजार ११९ कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको १४ लाख ३९ हजार १७९ कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।

यसमा आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि दिनु पर्नेछ भने अधिकतममा २५ हजार कित्तासम्म माग गर्न सकिनेछ। आवेदन पुस १६ गतेदेखि पुस २० गते बैंकिङ्ग समयसम्म दिन सकिनेछ। तर पर्याप्त आवेदन नपरेमा पुस ३० गतेसम्म लम्बिनेछ। बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ।

IME Lifesidebar
kumari