stcnepal long ad
global ime bank long

प्रभु महालक्ष्मी लाइफको ३ लाख २८ हजार कित्ता शेयर बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले तीन जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ३ लाख २८ हजार १९४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

जसमध्ये संस्थापक शेयरधनी बोध प्रसाद त्रिपाठीको नाममा रहेको २ लाख ३५ हजार १२८ कित्ता, बिनु श्रेष्ठको नाममा रहेको ६१ हजार ४७८ कित्ता र विनय रेग्मीको नाममा रहेको ३१ हजार ५८८ कित्ता शेयर रहेको छ।

बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका अनुसार संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई दिनु पर्ने भएकाले हाल यो शेयर विद्यमान शेयरधनीले मात्रै किन्न पाउनेछन्।

इच्छुक शेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट कुनै आवेदन नपरेमा बाँकी शेयर सर्वसाधारणलाई बिक्री खुला गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।

IME Lifesidebar
kumari