stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेशनल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गत आर्थिक वर्षको बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेसँगै कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ।

नयाँ बोनसदर अनुसार सावधिक बीमा योजना अन्तर्गतका बच्चाको शिक्षा एवं विवाह बीमा योजना, सामूहिक सावधिक अमृत बीमा योजना, भविष्य वृत्ति बीमा योजना, दम्पति अमृत सावधिक बीमा योजना, एकल सावधिक अमृत बीमा योजना, बचत अमृत सावधिक बीमा योजना, सावधिक अमृत बीमा योजना, सन्जीवनी अमृत सावधिक बीमा योजना, एकल सन्जीवनी सावधिक बीमा योजना र जीवन श्री सावधिक आजीवन बीमा योजनामा बीमा अवधि अनुसार न्यूनतम ६४ रुपैयाँदेखि अधिकतम ८६ रुपैयाँसम्म बोनस दिइने भएको छ।

त्यसैगरी अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गतका अग्रिम भुक्तानी सावधिक बीमा योजना, बाल भाग्योदय अग्रिम भुक्तानी बीमा योजना, अमृत वर्षा अग्रिम भुक्तानी सावधिक बीमा योजना, एकल अमृत वर्षा अग्रिम भुक्तानी सावधिक–२ र अमृत श्री अग्रिम भुक्तानी बीमा योजनामा बीमा अवधि अनुसार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बीमितले बोनस पाउने भएका छन्।

यता सावधिक तथा आजीवन बीमालेख अन्तर्गतको जीवन अमृत आजीवन सावधिक बीमा योजनामा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म, बाल अमृत सावधिक जीवन बीमालेख अन्तर्गतका बाल अमृत सावधिक बीमा योजना–१,२,३,४ र एकल बाल अमृत सावधिक बीमा योजनाका सबै बीमा अवधिमा समान ६० रुपैयाँ र अग्रिम भुक्तानी आजीवन बीमालेख अन्तर्गतको अमृत श्री अग्रिम भुक्तानी आजीवन बीमालेखका सबै बीमा अवधिमा पनि समान ६० रुपैयाँ प्रतिहजारका दरले बोनस दिइने भएको छ।

यो बोनसदर कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने (बोनस लिने) गरी जारी गरिएका बीमालेखहरूमा लागू हुने र बीमा प्राधिकरणबाट अर्को मूल्यांकन प्रतिवेदन स्वीकृत भई अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीले भुक्तानी गर्ने दाबीहरूमा समेत यही बोनसदर लागू हुने कम्पनीले स्पष्ट पारेको छ।

prabhu mahalaxmi
kumari