stcnepal long ad
global ime bank long

सिद्धार्थ प्रिमियरको त्रैमासिक विवरण सार्वजनिक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ।

उक्त वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २९ करोड ८५ लाख रुपैयाँ खुद घाटामा पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३४ करोड ७१ लाख रुपैयाँबाट घटेर ३० करोड ९० लाख रुपैयाँमा झरेको छ भने कुल आम्दानी ५८ करोड ५७ लाख रुपैयाँबाट घटेर ४९ करोड ६८ करोड रुपैयाँमा झरेको छ।

यता कम्पनीको कुल खर्च भने ४७ करोड ६६ लाख रुपैयाँबाट बढेर ९२ करोड ३४ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको तीन महीनामा आफ्ना अभिकर्तालाई ४८ लाख ७१ हजार रुपैयाँ कमिशन खुवाएको कम्पनीले चालू आवको तीन महीनामा ८० करोड ९२ लाख रुपैयाँ कमिशन खुवाएको छ।

चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ रहेको कम्पनीको शेयर प्रिमियम ४७ लाख रुपैयाँ, स्पेशल रिजर्भमा साढे २ अर्ब रुपैयाँ, महाविपत्ति कोषमा २२ करोड ६१ लाख रुपैयाँ र जगेडा कोषमा ७२ करोड ८८ लाख रुपैयाँ सञ्चिति रहेको छ।

गत आर्थिक वर्षको तीन महीनामा कम्पनीको प्रतिशेयर आम्दानी ९.१२ रुपैयाँ रहेकामा चालू आर्थिक वर्षको तीन महीनामा ४२.५५ रुपैयाँ ऋणात्मक रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २६५.३३ रुपैयाँ रहेको छ।

IME Lifesidebar
kumari