stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ११ प्रतिशत बढ्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ।

गत आवको पहिलो त्रैमासमा ११ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले त्यसको तुलनामा चालू आवको सोही अवधिमा ११ प्रतिशत बढी खुद नाफा गरेको हो।

कम्पनीको खुद बीमाशुल्क आर्जन पनि गत वर्षको असोज मसान्तसम्म २ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ रहेकोमा चालू आवको सोही अवधिमा १८.७४ प्रतिशतले बढेर २ अर्ब ९१ करोड ९५ लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी समीक्षा अवधिमा कम्पनीको जीवन बीमाकोषको आकार पनि ३६ अर्ब ४ करोड ८९ लाख रुपैयाँबाट २१।६० प्रतिशतको वृद्धि सहित ४३ अर्ब ८३ करोड ४६ लाख रुपैयाँ कायम भएको छ।

त्यसैगरी कम्पनीको कुल आम्दानी ३ अर्ब ५२ करोड २५ लाख रुपैयाँबाट बढेर ३ अर्ब ९५ करोड ५० लाख रुपैयाँ पुगेको छ भने कुल खर्च ३ अर्ब ३६ करोड ९ लाख रुपैयाँबाट बढेर ३ अर्ब ७६ करोड ९९ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी पनि ९.२० रुपैयाँबाट बढेर ९.७८ रुपैयाँ कायम भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १३४।४२ रुपैयाँ रहेको छ।

चुक्ता पूँजी ५ अर्ब १ करोड १९ लाख रुपैयाँ रहेको यस कम्पनीको महाविपत्ति कोषमा ४२ करोड ५७ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ४ करोड १९ लाख रुपैयाँ सञ्चिति रहेको छ।

 

prabhu mahalaxmi
kumari