stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रभु महालक्ष्मी लाइफको ४४ हजार कित्ता शेयर बिक्रीमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ४४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको स्वामित्वमा रहेको उक्त शेयर बिक्रीमा राखेको हो।

कम्पनीले हाल नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी सो शेयर बिक्रीमा राखेको छ। उक्त शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र निवेदन दिनु पर्नेछ।

निवेदन काठमाडौंको कमलादीस्थित प्रभु महालक्ष्मी लाइफको केन्द्रीय कार्यालयमा पेश गर्नु पर्नेछ। साथै तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीबाट निवेदन नपरेमा बाँकी शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।

prabhu mahalaxmi
kumari