stcnepal long ad
global ime bank long

यूनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षमा २१ करोड ६४ लाख नाफा कमाए

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षमा २१ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले आज प्रकाशित गरेको वित्तीय विवरणले देखाएको छ।

यद्यपि कम्पनीले अघिल्लो आवमा कमाएको खुद नाफा २४ करोड ८४ लाख रुपैयाँको तुलनामा भने यो १२।८७ प्रतिशत कम हो।

नाफा घटेपनि कम्पनीको व्यवसायमा भने वृद्धि भएको देखिएको छ। अघिल्लो वर्ष कम्पनीले १ अर्ब ९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा गत वर्ष ७.२९ प्रतिशतको वृद्धि सहित १ अर्ब १७ करोड रुपैयाँ खुद बीमाशुल्क कमाउन सफल भएको छ।

कम्पनीका अभिकर्ता र कर्मचारीहरूको अथक मिहिनेतका कारण कम्पनीले आफ्नो व्यवसायमा वृद्धि गर्न सफल भएको हो। व्यवसाय बढेपनि कम्पनीको लगानी तथा कर्जाबाट आउने आय घटेकाले कुल आम्दानी सामान्य घट्न पुगेको छ।

कम्पनीले अघिल्लो वर्ष १ अर्ब ८३ करोड रुपैयाँ कुल आम्दानी गरेकोमा गत वर्ष ४.७६ प्रतिशतले घटेर १ अर्ब ७४ करोड रुपैयाँमा झरेको छ। आम्दानी घटेपछि कम्पनीले कुल खर्चमा पनि ०.८० प्रतिशतको कटौति गरेको छ।

कम्पनीको कुल खर्च १ अर्ब ४२ करोड रुपैयाँबाट १ अर्ब ४१ करोड रुपैयाँमा झरेको छ। यता कम्पनीले अभिकर्तालाई दिने कमिशन पनि ७ करोड ६२ लाख रुपैयाँबाट २७.९२ प्रतिशत कटौति गर्दै साढे ५ करोड रुपैयाँमा झारेको छ।

नाफा घटेकाले कम्पनीको प्रतिशेयर आम्दानी पनि ११.८३ रुपैयाँबाट घटेर ९.३७ रुपैयाँमा झरेको वित्तीय विवरणले देखाएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ भने १७६.७६ रुपैयाँ रहेको छ।

यस कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँबाट १० प्रतिशतले बढेर २ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। कम्पनीको स्पेशल रिजर्भमा १ अर्ब २ करोड रुपैयाँ, महाविपत्ति कोषमा साढे ४ करोड रुपैयाँ र जगेडा कोषमा १० करोड रुपैयाँ रहेको छ।

कम्पनीले नाफा घट्नुमा मुद्रास्फितिका कारण सञ्चालन खर्च बढ्नु, लगानीका अवसर सीमित हुनु, बैंकमा राखेको रकमको ब्याजदर घट्नु, कम्पनीहरूबीच अस्वस्थ प्रतिस्पर्धा हुनु लगायतका कारण उल्लेख गरेको छ।

IME Lifesidebar
kumari