stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नारायणगढमा ज्योति लाइफद्धारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

नारायणगढ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नारायणगढको कमलनगरमा अभिकर्ताहरुसँग वृहत् अन्तरक्रिया गरेको छ । कम्पनीको नारायणगढ शाखाले गरेको कार्यक्रममा चितवनका १०० जना अभिकर्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा ज्योति लाइफका क्षेत्रीय  प्रबन्धक ईश्वरविकल सापकोटाले अभिकर्ताहरुलाई बिक्री कलाको बारेमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा नारायणगढ शाखा प्रबन्धक सिद्धि श्रेष्ठ तथा टाँडी र कावासोतीका शाखा प्रवन्धकहरु विपन श्रेष्ठ र निषेध भट्टराईले मन्तव्य राखेका थिए । ।

स्थापना भएको तीन वर्षमा नै नेपालको उत्कृष्ट सात नम्बरमा पर्न गएको ज्योति लाइफको चितवनमा ३०० अभिकर्तासहित एक हजार ५०० बढी नागरिकले सेवा लिइरहेको क्षेत्रीय बिक्री प्रबन्धक ईश्वरविकल सापकोटाले जानकारी दिए ।

prabhu mahalaxmi
kumari