stcnepal long ad
ime life insurance
national life
global ime bank long

हिमालयन लाइफ इन्स्योरेन्सको १८औं वार्षिक साधारण सभा सम्पन्न 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १८औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। साधारण सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट कम्पनीको चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार रूपैयाँको ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गरेको छ।

यसका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारणको विषय पनि साधारण सभाले टुङ्ग्याएको छ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने र गत आवमा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पनि साधारण सभाबाट पारित भएको कम्पनीले जानकारी दिएको छ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष शुलभ अग्रवालले आगामी आर्थिक वर्षको वार्षिक सभा समयमा नै गर्ने प्रतिवद्धता जनाउँदै उचित प्रतिफल दिने बताएका छन् । साथै, उनले वार्षिक साधारण सभामा उपस्थित भएर सभा सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने शेयरधनीहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।

जेठ २७ गतेसम्म नेप्सेमा कायम शेयरधनीले सभाले पारित गरेको ८ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन्। साधारण सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको हो।

IME Lifesidebar
kumari