नेपाल इन्स्योरेन्सको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन
इन्स्योरेन्सको हकप्रद सेयरमा एनआइएमबी एस क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

काठमाडौं । नेपाल इन्स्योरेन्सको ४० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज बिहीबार जेठ २९ गते अन्तिम दिन हो । इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि जेठ ३० गते बुक क्लोज गर्दैछ ।
तसर्थ, जेठ २९ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र यसको हकप्रद सेयर भर्न पाउनेछन् । नेपाल इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
जसअनुसार कम्पनीले १०:४ प्रतिशत अर्थात ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँ बराबरको ६५ लाख ७६ हजार ९३७.७६ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ ।
नेपाल बिमा प्राधिकरणले निर्जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ कायम गरेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँ छ । हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५४ करोड ८५ लाख रुपैयाँ पुग्नेछ । नेपाल इन्स्योरेन्सको हकप्रद सेयरमा एनआइएमबी एस क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।