sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आठौं वार्षिक साधारण सभा असार २ गते 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको असार २ गते आठौं वार्षिक साधारण सभा बस्ने भएको छ ।

साधारण सभामा कम्पनीले सेयरधनीलाई आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६३ नगद गरी कुल १२.६३ लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

साधारण सभामा कम्पनीको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।

आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

साधारण सभा प्रयोजनका लागि यस इन्स्योरेन्सले जेठ २६ गते बुक क्लोज गरिसकेको छ । जेठ २५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

साधारण सभा आम्रपाली ब्यांकेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

prabhu bank
nawakantipur long