sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

रिलायन्स फाइनान्सको साधारणसभा आज

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको १५औं वार्षिक साधारणसभा आज (जेठ २८ गते) बस्दैछ । साधारण सभा, अनुपम फुडल्यान्ड एन्ड ब्यांक्वेट प्रा.लि. बत्तिसपुतली, काठमाडौंमा बिहान ११ बजेदेखि शुरु हुनेछ । यसपटक सभाका लागि लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरिएको छैन ।

साधारण सभाले विषेश प्रस्ताव अन्तर्गत अन्य कुनै बैंक, विकास बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान उपयुक्त देखिएमा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

यसका साथै गत आर्थिक वर्षको सम्पूर्ण वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ । साथै, चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण हुनेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले जेठ १४ गते एक दिन बुक क्लोज गरिसकेको छ । तसर्थ जेठ १३ गतेसम्म कायम रहने शेयरधनीले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

prabhu bank
nawakantipur long