stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

हिमालयन एभरेष्ट इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्दै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले भर्चुअल माध्यमबाट असार १७ देखि १९ गतेसम्म निर्जीवन बीमा अभिकर्ताको तालीम सञ्चालन गर्ने भएको छ।

तालिममा सहभागी हुन इच्छुकलाई नागरिकता, शैक्षिक प्रमाणपत्र, प्यान, चारित्रिक प्रमाणपत्रको प्रतिलिपि सहित पासपोर्ट साइजको ४ प्रति फोटो लिएर असार १२ गतेभित्र कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको छ।

तालिम बिहान साढे ९ बजेदेखि ५ बजेसम्म हुनेछ। अभिकर्ता लाइसेन्स प्राप्तिका लागि परीक्षा अनिवार्य भएकाले तालीमको अन्तिम दिन बेलुका साढे ४ देखि साढे ५ बजेसम्म परीक्षा हुने जनाएको छ।

यसका लागि कम्तीमा प्लस टू पास गरेको हुनु पर्नेछ। आवेदन काठमाडौंको बबरमहलस्थित कम्पनीको केन्द्रीय कार्यालयमा दिनु पर्नेछ। पहिला आवेदन दिने ५० जनालाई तालीम दिइने कम्पनीले जनाएको छ।

prabhu mahalaxmi
kumari